सेक्युरिटी प्रिन्टिङ खरिदमा अर्बौं घोटाला, नौ जनाविरुद्ध झण्डै तीन अर्ब रुपैयाँ बिगो दाबी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई अर्ब ८७ करोड ४८ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि राज्य कोषमा ६९ करोड ८ लाख रुपैयाँ नोक्सान गरी भ्रष्टाचार गरेको आरोप मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा अस्वाभाविक लागत तयार गरी भ्रष्टाचार भएको हो ।
यस क्रममा स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक देशमा उत्पादिक जेनेटेर स्वीकार गरी भुक्तानी गरेको अख्तियारको आरोप छ ।
अख्तियारले केन्द्रका कार्यकारी निर्देशक पौडेलसँगै मेकानिकलतर्फका तत्कालिन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल, सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधानमाथि मुद्दा दायर गरेको हो ।
यस्तै, मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
अख्तियारले कार्यकारी निर्देशक पौडेलमाथि ६९ करोड, सीडीई पोखरेलमाथि ४९ करोड ४६ लाख, सहायक निर्देशक पोखरेलमाथि २० करोड, शाखा अधिकृत महर्जनमाथि ३ करोड ४४ लाख, लेखा अधिकृत बुढामाथि १९ करोड ८८ लाख, शाखा अधिकृत उपाध्यायमाथि ४० करोड भ्रष्टाचार गरेको दाबी गरेको छ ।
त्यसैगरी रोहित मान प्रधानमाथि २३ करोड ४४ लाख, भुवन महर्जनमाथि ४३ करोड ५७ लाख, मिल लाल गुरौंमाथि ८ करोड ६९ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ ।


















मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया