शनिबार, चैत १४, २०८२

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

मेरोन्यूज २०८० वैशाख ४ गते १०:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्री दर १३१ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.७५ रुपैयाँ पैसा रहेको छ भने बिक्री दर १४४.४१ रुपैयाँ पैसा रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १६२ रुपैयाँ ९७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ०७ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ रहेको छ ।

साथै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर २९ रुपैयाँ ८२ पैसा रहेको बैँकले जनाएकाे छ ।

प्रतिक्रिया