आइतबार, माघ १८, २०८२

दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

मेरोन्यूज २०८० वैशाख ४ गते १२:५३

काठमाडौँ । दाङमा मोटरसाइकल र ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ। ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका–११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र १७ वर्षीय गोपाल विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजन गौतमका अनुसार तुलसीपुर–घोराही सडक खण्डमा पर्ने खैरामा बिहान साढे ११ बजेतिर घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलको पछाडी बसेका गोपालको घटनास्थल र सन्देशको घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान पुर्‍याएलगत्तै मृत्यु भएको डिएसपी गौतमले जानकारी दिए ।

मोटरसाइकल गाउँबाट खैराचोकमा आउँदै थियो भने ट्रक नारायणपुरबाट तुलसीपुरतर्फ जाँदै थियो।

प्रतिक्रिया