शनिबार, चैत १४, २०८२

अर्थमन्त्री महतले बनाए आर्थिक सल्लाहकार समूह

मेरोन्यूज २०८० वैशाख ७ गते १५:४४

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो प्रमुख आर्थिक सल्लाहकार समूहमा तीन जनालाई नियुक्त गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्री महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन् ।

पौडेल र पाण्डे अवैतनिक रुपमा अर्थमा खटिने छन् भने भट्ट अर्थमन्त्रालय आएर काम गर्ने छन् ।

गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा पौडेल उनी चितवन १ बाट कांग्रेसका उम्मेदवार बन्दै पराजित भएका थिए ।

डा. पाण्डे अन्तर्राष्ट्रिय व्यापार मामिलाका विज्ञ हुन् । भट्टलाई राष्ट्र बैंकबाट काजमा मन्त्रालयमना तान्न लागिएको हो ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख भएर काम गरिसकेका भट्ट अहिले बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत छन् ।

प्रतिक्रिया