सुडान झडपमा मृत्यु हुनेको सङ्ख्या तीन सयभन्दा बढी

काडमाडौँ । सुडानको राजधानी खार्तूममा बिहीबार रमजानको अन्त्यको उपलक्ष्यमा मनाइने उत्सवअघि दुई प्रतिद्वन्द्वी जनरलका सेनाबीच भएको भिडन्त कम हुने सङ्केत देखिएको छैन । विस्फोट र गोली चलेको आवाज सुनिएको छ ।
सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ)को नेतृत्व गर्दै आएका मोहम्मद हमदान डग्लोप्रति वफादार सेनाबीच शनिबार भएको झडप र त्यसपछिका आक्रमण र प्रत्याक्रमणमा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
करिब ५० लाख मानिसको बसोबास रहेको राजधानी खार्तूममा केही भीषण युद्धहरू भएका छन् जसका कारण अधिकांश मानिस बिजुली, खाना र पानीबिना नै आ–आफ्नो घरभित्र रहन बाध्य पारिएका छन् ।
दक्षिणी खार्तूमका ३८ वर्षीय नाजेक अब्दाल्लाले भन्नुभयो, “लडाकू विमान र अन्य हवाई तथा स्थल आक्रमणका कारण हामी आज बिहान पनि ४ः३० बजे ब्यूँझेका थियौँ । हाम्रो भवनमा गोली नलागोस् भनेर हामीले ढोका र झ्यालमा ताल्चा लगायौँ ।”
राजधानीको खार्तूम अन्तर्राष्ट्रिय विमानस्थल र सेनाको मुख्यालय वरपरका भवनहरूबाट बाक्लो कालो धुवाँको मुस्लो उठेको र गोली चलेको आवाज सुनिएको र युद्धविराम भएको छैटौँ दिन पनि झडप भएको अधिकारीहरूले बताएका छन् ।
डार्फरमा वर्षौंदेखि चरम हिंसाको नेतृत्व गरेको जन्जावीद लडाकु समूहका सदस्यहरूबाट गठित शक्तिशाली बल आरएसएफले बुधबार साँझदेखि सेनाले जस्तै २४ घण्टाका लागि पूर्ण युद्धविरामका लागि पूर्ण रूपमा प्रतिबद्ध रहने बताएको थियो ।
तर प्रत्यक्षदर्शीका अनुसार खार्तूममा गोली चल्न नरोकिएकोले दोस्रो पटक युद्धविराम सुरु भएको केही मिनेटमै अर्को युद्धविराम उल्लङ्घन भएको थियो । खार्तूमबाहेक उत्तरी कोर्डोफान राज्यको ओबेद सहरमा पनि ठूलो विस्फोट भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया