नेपालले ओमनलाई दियो ३११ रनको लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपमा नेपालले ओमनलाई ३११रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा ३१० रन बनायो ।
नेपालका लागि कुशल मल्लले शतकीय पारी खेले । कुशलले ६४ बलमा ९ चौका र १० छक्काको मद्दतमा १०८ रन बनाए । त्यस्तै सोमपाल कामीले अर्धशतकीय पारी खेले । कामीले ४८ बलमा ६३ रन बनाए ।
नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो ।
१९ वर्षीय कुशलले नेपालका लागि सबैभन्दा छिटो ओडिआई शतक प्रहार गर्ने कीर्तिमान पनि बनाए । उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।
पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८औ बलमा रनको खाता खोलेको थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शुन्यमा आउट भए ।
कुशल भुर्तेल तेस्रो ओभरमा बिलाल खानले एलबीडब्लु धरापमा परे । आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे ।
भिम शार्की ३३ र कप्तान रोहित पौडेलले २३ रन बनाए ।
दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमा आउट भए ।
सोमपाल र करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । सोमपालले ४८ बल खेल्दै ९ चौका मदतमा अविजित ६३ रन बनाए । करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए ।
ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।









नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया