मौका पाएसम्म निजी क्षेत्रले कर छल्ने प्रयास गरिरहेका छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रले अझै पनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयासमा रहने गरेको बताएका छन् ।
शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनु पर्छ भन्ने मानसिकताबाट मुक्त हुन नसकेको बताए ।
निजी क्षेत्रले नाफा मात्रै खोजेको भन्ने सोचबाट राज्य मुक्त हुनु पर्ने बताउँदै उनले दुवैतर्फबाट यस्ता अनुचित सोच नत्यागेसम्म अर्थतन्त्रले गति लिन नसक्ने बताएका थिए ।
‘निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोचबाट राज्य पनि मुक्त हुन जरुरी छ, निजी क्षेत्रले पनि राज्यलाई यो हामीलाई मात्रै दबाउने वा अठ्याउने वा निचोर्ने संस्था हो भन्ने सोचबाट मुक्त हुन जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेत्रले मौका पाएसम्म राज्यलाई करमा हुन्छ की अन्य के मा हुन्छ छल्ने र अघि जाने भनेको जस्तो मानसिकता अझै बदलिएको छैन, यो सोचमा बदलाव नआइकन हुँदैन ।’
यस्तै, प्रधानमन्त्री दाहालले अहिले विचार, सिद्धान्त, राजनीति, मूल्य, मान्यताको कुरा बिस्तार हराउँदै उपभोक्तावादतिर समाज गइरहेको बताए । उनले राजनीति र समाज नै राष्ट्र, समाज र आम जनताको दीर्घकालीन हितभन्दा तत्काल नाफा नोक्सातिर केन्द्रित हुने गरेको आरोप लगाए ।
प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको रणनीतिबारे राजनीतिक दलहरूले साझा धारण बनाउन नसक्दा देशको विकासमा ढिलो भइरहेको बताए । उनले विदेशीले विकसित गरेका विचार, दर्शन, सिद्धान्त, मान्यताको अन्ध अनुकरण गर्ने प्रवृत्ति हाबी हुँदै गएको बताएका थिए ।
उनले सबैको सामुहिक प्रयासबाट अर्थतन्त्र लयमा आउन थालेको बताए । उनले सामाजिक सेवामा देखा परेका झन्झटमा समाधानको प्रयास गरिरहेको बताउँदै निजी क्षेत्रलाई अफ्ठ्यारो पार्ने काम गर्न नदिने प्रतिवद्धता व्यक्त गरे ।
















मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया