शनिबार, चैत १४, २०८२

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम खुम्चियो

मेरोन्यूज २०८० वैशाख १० गते १५:५८

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १८ दशमलव ८० अंकले घटेर एक हजार आठ सय ८५.६० अंकमा कायम भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आज दुई सय ६५ कम्पनीका २७ लाख ३४ हजार तीन सय सात कित्ता शेयर ३१ हजार चार सय १५ पटक खरिद बिक्री हुँदा ८२ करोड ८५ लाख ३४ हजार बराबरको कारोबार भएको छ ।

जीवन बीमा समूहको आज उपसूचक ११८ दशमलव ७४ अंकले घटेको छ भने विकास बैंक समूहको उपसूचक ३५.९८ अंकले घटेको छ । बैँकिङ समूह १६.७१, वित्त समूह ३२.३० अंकले घटेको छ ।

कारोबार रकम र शेयर संख्यामा आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको तीन करोड ११ लाख ९५ हजार बराबरको एक लाख २० हजार पाँच सय १२ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

प्रतिक्रिया