ज्योति विकास बैंकको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कठमाडौँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवद्र्धन कोष”मार्फत शंखरापुर नगरपालिका ३ जहरसिंपौवामा निःशुल्क पाठेघर क्यान्सर परिक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न गरेको छ । शिविरमार्फत ६५ जनाभन्दा बढी महिला लाभान्वित भएका छन् ।
पाठेघरको क्यान्सर जाँच, स्तन क्यान्सर बारे सचेतना, प्रारम्भिक पहिचान र रोकथाम गर्ने उद्देश्यका साथ बैंकले एक दिने स्वास्थ्य शिविर आयोजना गरेको हो । जनस्वास्थ्य सरोकार ट्रष्ट, लप्सेफेदी स्वास्थ्य चौकी, काठमाडौं मोडेल हस्पिटल र कीर्तिपुर हस्पिटलको सहकार्यमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
लप्सेफेदी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट कम्पनी सचिव तथा प्रमुख बजार व्यवस्थापन अधिकृत बलदेव थापा, शंखरापुर नगरपालिका प्रमुख रमेश नापित, शंखरापुर वडा नं.०३ का वडाध्यक्ष सूर्य बहादुर तामाङलगायत विभिन्न संस्था तथा निकायका पदाधिकारीहरु, कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवद्र्धन कोष”मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
















मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया