शनिबार, चैत १४, २०८२

शेयर बजारमा सामान्य वृद्धि, काराेबार ७५ करोडमै सिमित

मेरोन्यूज २०८० वैशाख ११ गते १५:१३

काठमाडौं । सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार २ दशमलव ७१ अंकले बढेर १,८८८ दशमलव ३२ को विन्दुमा कायम भएको हाे।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार १२० कम्पनीको शेयर मुल्य बढेको छ भने ८५ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता शेर किनबेच हुँदा ७५ करोड १३ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनको कारोबार भएको छ । कम्पनीको ८ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै सिवम् सिमेन्टको २ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया