शुक्रबार, वैशाख ४, २०८३

विवाह बन्धनमा बाँधिदै ‘रुटिने’ र रियाशा

मेरोन्यूज २०८० वैशाख ११ गते १६:२५

काठमाडौं । कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ विवाह गर्ने भएका छन् । उनीहरूले करिब तीन वर्षको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

भिक्टर र रियाशाबीच यही २२ वैशाखमा विवाह हुन लागेको उनीहरु निकट स्रोतले जानकारी दिएको छ ।

रियाशा भक्तपुरको सूर्यविनायक निवासी हुन् । भिक्टर भने गोलढुंगामा बस्छन् । रियाशा भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा रियाशा पछिल्लो समय ‘गाह्रो छ हो’टेलिसिरियलको अभिनयमा व्यस्त छिन् । भिक्टर भने चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् ।

प्रतिक्रिया