युद्ध विरामका बीच गोलाबारी जारी

काठमाडौँ । सुडानमा गएरातिदेखि जारी युद्ध विरामका बीचमा तोप, बन्दुकलगायत हतियार पड्काइएका र विष्फोटका घटना भएका छन् ।
यहाँका स्थानीय बासिन्दाले दोहोरो झडपका घटनाबारे जानकारी पाएको बताउँदै युद्धविराम पूर्ण रूपमा पालना नभएको दाबी गरेका छन् ।
दश दिनअघि प्रारम्भ भएको युद्धमा संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका थिए ।
यही वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा चार सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । युद्धमा ज्यान गुमाउनेको वास्तविक संख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ ।
राष्ट्र सङ्घीय निकायहरूले करिब दुई लाख सुडानी सुरक्षाको खोजीमा छिमेकी मुलुकतर्फ भागेका बताएका छन् ।
जारी युद्धका कारण हजारौँ घाइते भएका छन् भने ठूलो संख्यामा सुडानी र विदेशीहरू पनि पलायन भएका छन् । यसअघि तीनपटक गरिएका युद्धविरामका प्रयास असफल भएका थिए ।
राष्ट्र संघीय निकायहरूले ४२७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका जनाएका छन् ।
















कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
प्रधानन्यायाधीश सिफारिस प्रति सपना प्रधान मल्लले सार्वजनिक मञ्चबाटै जनाइन् असन्तुष्टी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया