विपन्न, असहाय बिरामीलाई निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन गरेको छ । सो मापदण्डमा स्वास्थ्य संस्थाले विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
आज मन्त्रालय अन्तर्गतको गुणस्तरमापन तथा मापदण्ड नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्राचार सो निर्देशन गरेको हो ।
मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा आज यहाँ जारी परिपत्रमा अनुगमनका क्रममा मापदण्डअनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको दश प्रतिशत निःशुल्क उपचार सेवा उपलब्ध नभएको पाइएको उल्लेख छ ।
परिपत्रमा बिरामीले संस्थाबाट सेवा प्राप्त गर्दा लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा स्वास्थ्य संस्थाहरुले सवारी साधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो । परिपत्रले जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।
















महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात
Gold, silver prices decline
HoR elections: Dalit community sees meager candidacies under FPTP electoral system
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया