शनिबार, चैत १४, २०८२

सेयर बजार सामान्य गिरावट

मेरोन्यूज २०८० वैशाख १४ गते १५:४१

काठमाडौँ । आज सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । बिहीबार बजार परिसूचक नेप्से २.२७ अंकले घट्दा १८८९.७३ विन्दुमा बन्द भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार नेप्सेमा २१ लाख ७४ हजार ९१४ कित्ता सेयर किनेबच हुँदा ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ६५ कम्पनीको सेयर मूल्य बढेको छ ।

कारोबारमा आएका मध्ये १३९ कम्पनीको सेयर मूल्य घटेको छ । धेरै गुमाउनेमा एनबीएल ग्रोथ फन्ड, एनएमबी डिबेञ्चर, युनिलिभर नेपाल लिमिटेडजस्ता कम्पनी छन् ।

प्रतिक्रिया