आईपीएलमा चेन्नाइलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा गयराति राजस्थान रोयल्सले चेन्नाइ सुपर किंग्सलाई २१ रनले पराजित गरेको छ।
पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको चेन्नाई सुपर किंग्सले पूरा ओभर खेलेर ६ विकेट गुमाएर १७० रन मात्रै बनायो ।
जितसँगै राजस्थान रोयल्स १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थान रोयल्सलाई यशस्वी जैसवाल र जोस बटलरले उत्कृष्ट सुरुवात गराए । बटलरले २७, जैसवालले ४३ बलमा ८ चौका र चार छक्का प्रहार गर्दै ७७ रन बनाए ।
शिमरोन हेटमायर ८, ध्रुव जुरेलले ३४, देवदत्त पडिक्कलले २७ रन बनाएर आफ्नो टोलीको स्कोर २०० भन्दा माथि पुर्याए ।
चेन्नई सुपर किंग्सका तुषार देशपाण्डेले २ विकेट लिए ।
चेन्नाइले पहिलो ६ ओभरमा ४२ रन बनाएको थियो । ओपनर डेभन कोनवे १६ बलमा ८ रन बनाएर आउट भए । ऋतुराज गायकवाडले २९ बलमा ४७ रन बनाए ।
अजिंक्य रहाणे १३, शिवम दुबे ५२, मोइन अली २३ रविन्द्र जडेजाले २३ रन बनाए । राजस्थान रोयल्सका एडम जाम्पाले सर्वाधिक ३ विकेट लिए । रविचन्द्रन आश्विनले दुई विकेट लिए ।
















‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया