आईपीएलमा चेन्नाइलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा गयराति राजस्थान रोयल्सले चेन्नाइ सुपर किंग्सलाई २१ रनले पराजित गरेको छ।
पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको चेन्नाई सुपर किंग्सले पूरा ओभर खेलेर ६ विकेट गुमाएर १७० रन मात्रै बनायो ।
जितसँगै राजस्थान रोयल्स १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थान रोयल्सलाई यशस्वी जैसवाल र जोस बटलरले उत्कृष्ट सुरुवात गराए । बटलरले २७, जैसवालले ४३ बलमा ८ चौका र चार छक्का प्रहार गर्दै ७७ रन बनाए ।
शिमरोन हेटमायर ८, ध्रुव जुरेलले ३४, देवदत्त पडिक्कलले २७ रन बनाएर आफ्नो टोलीको स्कोर २०० भन्दा माथि पुर्याए ।
चेन्नई सुपर किंग्सका तुषार देशपाण्डेले २ विकेट लिए ।
चेन्नाइले पहिलो ६ ओभरमा ४२ रन बनाएको थियो । ओपनर डेभन कोनवे १६ बलमा ८ रन बनाएर आउट भए । ऋतुराज गायकवाडले २९ बलमा ४७ रन बनाए ।
अजिंक्य रहाणे १३, शिवम दुबे ५२, मोइन अली २३ रविन्द्र जडेजाले २३ रन बनाए । राजस्थान रोयल्सका एडम जाम्पाले सर्वाधिक ३ विकेट लिए । रविचन्द्रन आश्विनले दुई विकेट लिए ।








साेमबार घट्याे सेयर बजार, काराेबार रकम चार अर्ब ७१ करोड
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
Serious review of slow economic growth imperative: Finance Minister Khanal
Banke records 39 HIV cases in four months
कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
प्रतिक्रिया