खोज अनुसन्धान र आविष्कारमा बेवास्ता भएको भन्दै महावीरले सुरु गरे आन्दोलन

काठमाडौं । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आन्दोलन सुरु गरेका छन् । पुनको नेतृत्वमा माइतीघर मण्डलामा धर्ना सुरु भएको छ ।
महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता’ लगायतका नारा लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरिरहेका छन् ।
पुनले माइतिघरमा पत्रकारहरुसँग संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने आफूहरूको प्रमुख माग रहेको बताए । कोषबाट अनुसन्धान गर्नेहरुलाई दिन सहज किसिमको ऐन कानुन बनाउनुपर्ने पुनको माग छ ।
आफ्ना मागबारे उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर जानकारी गराएका थिए ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका पुनलाई सरकारले हाल वीरगञ्जको कृषि औजार कारखाना प्रयोग गर्न दिएको छ ।















अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया