बुधबार, पुष ९, २०८२

खोज अनुसन्धान र आविष्कारमा बेवास्ता भएको भन्दै महावीरले सुरु गरे आन्दोलन

मेरोन्यूज २०८० वैशाख १५ गते १०:३७

काठमाडौं । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आन्दोलन सुरु गरेका छन् । पुनको नेतृत्वमा माइतीघर मण्डलामा धर्ना सुरु भएको छ ।

महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता’ लगायतका नारा लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरिरहेका छन् ।

पुनले माइतिघरमा पत्रकारहरुसँग संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने आफूहरूको प्रमुख माग रहेको बताए । कोषबाट अनुसन्धान गर्नेहरुलाई दिन सहज किसिमको ऐन कानुन बनाउनुपर्ने पुनको माग छ ।

आफ्ना मागबारे उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर जानकारी गराएका थिए ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका पुनलाई सरकारले हाल वीरगञ्जको कृषि औजार कारखाना प्रयोग गर्न दिएको छ ।

प्रतिक्रिया