वैदेशिक रोजगार बचतपत्र विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख १७ गतेदखि वैदेशिक रोजगार बचतपत्र २०८५ विक्री गर्ने भएको छ । बैंकले ९७ करोड ७५ लाख ७० हजार बराबरको वैदेशिक रोजगार बचतपत्र विक्री गर्न लागेको जनाएको हाे ।
पाँच वर्षे अवधिको ११ प्रतिशत ब्याजदर रहेको उक्त बचतपत्र जेठ २४ गतेसम्म विक्री गर्ने बैंकले जनाएकाे छ। यस बचतपत्रले खरीदकर्तालाई ६/६ महिनामा ब्याज भुक्तानी गर्ने छ । सीमा घटीमा १० हजार र बढीमा १० हजारले माग गर्दा निःशेष भाग जाने गरी सम्पूर्ण कित्तासम्म माग गर्न सकिने बैंकले जनाएको छ ।
बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केका ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासिय नेपालीले आफु वा आफ्नो परिवारको सदस्यको नाममा खरीद गर्न सक्नेछन् । यस बचतपत्रको साँवा भुक्तानी मिति भने २०८५ साल जेठ २४ गतेको मिति तय गरेको छ ।
यस बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबा कर्जा लिन पाउने सुविधाको व्यवस्था गरेको छ । इच्छुक खरीदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरीद गर्नका अनलाईन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।यसका अतिरित्त बैंकको वेवसाईट बाट वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफुलाई पायक पर्ने विक्री एजेन्डको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाको सहयोगमा अनलाईन फर्म भर्न सकिने छ ।















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया