कलाकारलाई यही क्षेत्रमा जिउनसक्ने वातावरण सरकारले बनाउछः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कलाकारहरुलाई कलाकारिताको क्षेत्रमै रहेर जिउनसक्ने वातावरण सरकारले सिर्जना गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् ।
उनले मान्छेको जीवनको लागि संगीत र कला अनिवार्य अंग भएको पनि बताए । गृहमन्त्री श्रेष्ठले समाजको विकास र सभ्यता कहाँ पुगेको छ, भन्नेकुरा कला, संगीत, संस्कृतिको क्षेत्र कहाँ पुगेको छ भन्ने आधारमा मापन गर्नसकिने बताए । उनले कला, संगीतले समाजको यर्थाथहरुलाई, सकारात्मक सुन्दरताहरुलाई अभिव्यक्त गर्ने राम्रो माध्यमको काम गर्ने उल्लेख गरे । संगीत सबै कोणबाट मानविय जीवन र मानव समाजको लागि अत्यन्तै महत्वपूर्ण पक्ष रहेको उनले बताए ।
मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारले कलाकारिताको क्षेत्रलाई प्रोत्साहीत गर्नेगरी अघि बढ्ने बताए ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया