बिहीबार, वैशाख ३, २०८३

बुबा बन्ने रहर छ, प्रेमिका खाेज्दै छुः सलमान

मेरोन्यूज २०८० वैशाख १७ गते १५:१३

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफु बुबा बन्न चाहेको बताएका छन् । उनले बुबा बन्ने चाहाना रहेको तर भारतको कानुनले त्यसो गर्न अनुमति नदिएको बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आफूले बालबालिकालाई असाध्यै माया गर्ने र एकपटक बच्चा जन्माउने बारे सोचेको उनले बताए। रजत शर्माको शो आप की अदालतमा कुरागर्दै उनले विवाहका लागि पारिवारिक दबाब आएकोले आफ्नो जीवनको अन्तिम प्रेमको खोजीमा रहेको बताएका छन् ।

सलमानले फिल्म निर्माता करण जोहरका दुई छोराछोरीको बुबा भएको कुरा समेत निकाले। उनले भने–मैले पनि त्यही प्रयास गरिरहेको थिएँ तर कानुनमा परिवर्तन आउँदै छ ।

‘मलाई बच्चाहरू निकै मन पर्छ। तर सन्तान आउँदा आमा पनि आउँछन्। आमा उनीहरूका लागि निकै आवश्यक हुन्छ। यसो त हाम्रो घरमा आमा मात्र आमा हुन् । हामीसँग सिङ्गो जिल्ला, सिंगो गाउँ छ । तिनीहरू सबैले बच्चाको हेरचाह गर्छन्। तर मेरो बच्चाको वास्तविक आमा पनि मेरी पत्नी हुनेछिन्।’ उनले भने ।

विवाहबारे कुरा गर्दे सलमानले भने– ‘ममाथि धेरै दबाब छ । अहिले आमाबुवा पनि बोल्न थालेका छन् । म ५७ वर्षको भएँ, अब मेरो एउटा मात्र प्रेम हुनुपर्छ, त्यो अन्तिम हुनुपर्छ, र ति नै श्रीमती बनुन् ।’

पछिल्लो ब्रेकअपको बारेमा कुरा गर्दै सलमानले भने–’जब पहिलो ब्रेकअप भयो, मलाई यो उसको गल्ती हो जस्तो लाग्यो, दोस्रो, तेस्रो ब्रेकअपसम्म पनि त्यही सोचिरहेको थिएँ तर चौथो ब्रेकअपपछि मलाई आफैमा अलिकति शंका लाग्यो । त्यसपछि शंका झनै बढ्यो । अन्तमा यो प्रष्ट भयो कि कतै न कतै गल्ती मेरै थियो र कमजोरी ममा मात्रै थियो । सायद उनीहरुलाई उसलाई डर थियो कि मैले उसलाई चाहेको खुशी दिन सक्दिन। राम्रो कुरा के हो भने आज सबै धेरै खुसी छन्।’

प्रतिक्रिया