माओवादी ब्रान्ड अब ध्वस्त भयो भन्ने उहाँहरुलाई लागेको छ

माओवादी ब्रान्ड अब ध्वस्त भयो होला । त्यसो हुनाले सबैले छोडेका र छोडदै जान थालेका देखिन्छन् । प्रचण्डजीहरुले एमालेसँग एकता गर्ने बेलामै छोडेका हुन् । अदालतले जर्वजस्ती बोकाईदिएर मात्र बोकेका हुन् । त्यो ब्रान्डिङ सकियो, अब त्यो ब्रान्डिङ लिएर हुँदैन भन्ने उहाँहरुलाई परेको छ । बैधजीहरुले पनि अन्तत छोडनुभयो त्यो नाम । उहाँहरु अमेरिकाका बब अभाकिनहरुको प्रभावमा परेर हुनसक्छ अहिले क्रान्तिकारी कम्युनिष्ट पार्टी (आरसिपि) भनेर पार्टीको नाम राख्न पुग्नुभएको छ ।
वैद्यजीहरुले सिद्धान्त माओवाद÷ विचारधारा मान्ने, तर पार्टी नाम नराख्नेतिर पुग्नुभएको जस्तो देखिन्छ । उहाँहरुले यसमा के समीक्षा गरेर माओवादी नामको ब्रान्ड छोडनु भयो, त्यो सवै त अहिले जानकारी छैन । नाम के राख्ने उहाँहरुको आफनो स्वतन्त्रताको कुरा हो । तर सारमा बब अभाकिनबाट प्रभवित हुन खोजनुभएको हो की ।
०६७ साल तिर पनि माओवादी विभाजन हुने र चर्काे अन्तरसंर्घष चल्ने बेला एउटा बैठकमा धर्मेन्द्र बास्तोलाजीले बब अभाकिनले त्यसवेला तत्कालिन एकीकृत नेकपा ९माओवादी०लार्इ शंसोधनबादी भासमा गयो, अव यसले क्रान्तिकारी मुद्दा छोड्यो भन्ने संश्लेषणसहित लेखेको लेख नेपालीमा अनुवाद गरेर बैठकमा पढेर सुनाउनुभएको थियो ।
उहाँहरु रिमबाट बढी प्रभवित हुनभएको होला । त्यो रिम पनि अहिले विभाजित छ । तर अहिले किरणजी र धर्मेन्द्रजीहरुको पार्टी एकता हुँदै गर्दा माओवादी ब्रान्ड छोडेर बब अभाकिनकै पार्टी नाम सँग मिल्ने नाममा उहाँहरु पनि आउनुभयो ।
माओवादी ब्रान्डसँग धेरैको रगत, आशु र पसिना बगेको छ ।
पहिला हामीले महाधिवेशनमा माओवादी नबनीकन सञ्चा कम्युनिष्ट बन्न सकिदैन भन्ने बुझाई राखेर प्रस्ताव नै पारित गरेका थियौं । यो ब्रान्ड भन्दा राम्रो कुनै नाम क्वाइन गरेको भए ल ठिकै छ भन्न सकिन्थ्यो होला । तर विना समीक्षा माओवादी ब्रान्ड छोडने कुरा गैह जिम्मेवारपन हो भन्ने मेरो बुझाई छ ।
नाम फेरेपछि मेरो उहाँहरुका नेता हेमन्तप्रकाश वली सुर्दशनसँग टेलिफोनमा कुराकानी भएको थियो । उहाँहरुलाई पार्टी एकताको बधाई दिए । तर अब हामी झन् धेरै टाढा पुग्यौं भनेर मैले उहाँलाई भने । तर उहाँले कहाँ त्यसरी हुन्छ भन्नुभयो । नेपालमा कम्युनिष्टहरु तीन थरिका भए । एउटा प्रतिक्रियावादी, दोस्रो सुधारवादी र तेस्रो क्रान्तिकारी । यस्तो बेला अव शक्तिशाली कम्युनिष्ट पार्टी बनाएर परिवर्तन सम्भव देखिन छोडेको छ । त्यसो हुँदा क्रान्तिकारी कम्युनिष्टहरुले नयाँ शिरावाट सोच्नुपर्छ । पहिचानका मुद्दालाई समेत जोडेर दीर्घकालिन योजना बनाएर अगाडी जानुको विकल्प मैले देखेको छैन ।
(कुराकानीमा आधारित)
















वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात
Gold, silver prices decline
HoR elections: Dalit community sees meager candidacies under FPTP electoral system
यस्ताे छ आज सुन चाँदीकाे मूल्य
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया