अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएको भन्दै विरोध
मेरोन्यूज
२०८० वैशाख १७ गते २१:००
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको भन्दै सो पार्टीले विरोध जनाएको छ । पार्टीको कोशी प्रदेश र मातहतका कमिटीले आज पत्रकार सम्मेलन गरी विरोध जनाएका हुन् ।
धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जेमा एमालेको ग्रासरुट अभियानको समीक्षा बैठकका क्रममा पार्टीको १४ जिल्ला कमिटी र प्रदेश कमिटीले संयुक्त विज्ञप्ति जारी गरेर विरोध जनाएका हुन् ।
जिल्ला तथा प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले अध्यक्षमाथि भएका हिंसात्मक क्रियाकलापप्रति आपत्ती जनाए ।
पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले सरकार निकट व्यक्तिलाई बेवास्ता गर्ने र अध्यक्ष ओलीलाई मात्र आक्रमण गर्न खोजिएकाले यसको विरोध गरिएको टिप्पणी गरे ।
एमाले पहिचानकै पक्षमा रहेकाले कोशी प्रदेशभित्रै पहिचानलाई समेटेर लगिने उनको भनाइ थियो ।
सम्बन्धित
















राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
PM Karki’s first address to NA, assures impartial election on scheduled date
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
अष्ट्रेलियामा अनलाइन सुरक्षा कानूनको कार्यान्वयनः चार लाख १५ हजार खाता बन्द
‘जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु’
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया