आइतबार, चैत १५, २०८२

सुनको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८० वैशाख १८ गते ११:३६

काठमाडौं । आज सोमबार सुनको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको हो।

Advertisement
nepal life insurencenepal life insurence

त्यस्तै, तेजावी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले घटेर तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया