आइतबार, चैत १५, २०८२

सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्री गर्ने

मेरोन्यूज २०८० वैशाख १८ गते ११:४१

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै संस्थापक समूह तर्फको १ लाख ४ हजार ८१३ कित्ता सेयर बिक्री गर्न लागेको जनाएको हाे।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीका संस्थापक शेयरधनी बिनोद कुमार खेतानले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम उक्त शेयर विक्री गर्न लागेको बैंकले जनाएको छ ।

उक्त सेयर खरिद गर्ने चाहने ईच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बैंकको केन्द्रिय कार्यालय हात्तिसार काठमाडौ स्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया