दुई कम्पनीको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं । एनआइसी एशिया लघुवित्त र तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा गरेका छन् । यी दुबै कम्पनीले आ–आफ्नो साधारण सभाबाट पारित गराएको नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामा पठाउन शुरु गरेको जनाएका हुन् ।
एनआइसी एशिया लघुवित्तको वैशाख १० गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित भएको १४ दशमलव ७५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको छ ।
त्यस्तै, तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत फागुन ३ गते सम्पन्न २६औ वार्षिक साधारण सभाबाट पारित भएको ८ दशमलव ४२ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयर दाखिला खारेज बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीहरूको हितग्राही खातामा बैंक खाताको विवरण अध्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सम्बन्धित बैंक खातामा नै जम्मा गरेको कम्पनीले जनाएका छन् ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया