एसीसी प्रिमियर कपः नेपाल-यूएईको बाँकी खेल भोलि हुने
मेरोन्यूज
२०८० वैशाख १८ गते १५:३०

काठमाडौँ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपको फाइनलको खेल भोलि हुने भएको छ । नेपाल र यूएईको खेल जारी रहँदा पानी परेपछि रोकिएको खेल भोलि हुने भएको हो ।
घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले २७.२ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ । त्यसपछि लगातार वर्षा भएसँगै बाँकी खेल यहीबाट भोलि सुरु हुनेछ ।
नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए । करण केसी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए । सोमपाल कामी र गुलसान झाले एक–एक विकेट लिएका छन् ।
सम्बन्धित
















अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया