हिमाली जिल्लामा हात्तीपाइले रोगको परीक्षण

काठमाडौँ । जुम्लालगायत हिमाली जिल्लामा हात्तीपाइले रोगको परीक्षण गर्न थालिएको छ । जलवायु परिवर्तनसँगै हिमालको तापक्रम बढ्दै गएका कारण उच्च हिमाली जिल्लामा लामखुट्टे देखिन थालेपछि औलो र कालाजारका बिरामी भेटिन थालेका छन् ।
विकास सँगसँगै गाडीमा लामखुट्टे हिमाली जिल्लामा जान थालेपछि यहाँका जिल्लामा औलो फैलिन थालेको हो । पहिला तराई र पहाडका जिल्लामा देखिने हात्तीपाइले, औलो र कालाजार रोग जलवायु परिवर्तनका कारणले हिमाली जिल्लामा देखिन थालेको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन् ।
जुम्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा हात्तीपाइले रोग परीक्षण गर्न थालिएको छ । नेपाल सरकार स्वास्थ तथा जनसङ्ख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, मकवानपुरले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत परीक्षण गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।
जिल्लाको कनकासुन्दरी गाउँपालिकास्थित कालिका आधार विद्यालय हाँटसिञ्जा र पाण्डवगुफा माध्यमिक विद्यालयका ३२ विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा सबै जनाको नेगेटिभ नतिजा आएको छ ।
मालिका आधारभूत गतिखोला र माध्यामिक विद्यालय बुढुचौताराका विद्यार्थीमा पनि परीक्षण गर्ने तयारी गरिएको कानकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा संयोजक जङ्गलाल बुढाले बताए ।
यहाँका ३२ सामुदायिक विद्यालयका चार सय ८० बालबालिकामा हात्तीपाइले रोग परीक्षण गर्न थालिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।















महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात
Gold, silver prices decline
प्रतिनिधिसभा निर्वाचन: काठमाडौँमा ७ लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार
HoR elections: Dalit community sees meager candidacies under FPTP electoral system
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया