आजदेखि कुमारी बैंकको संस्थापक शेयर लिलामीमा विक्री खुला
मेरोन्यूज
२०८० वैशाख १९ गते ११:२०

काठमाडौं । आजदेखि कुमारी बैंक लिमिटेडको १४ लाख ९० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ । उक्त संस्थापक शेयरमा कम्पनीका संस्थापक शेयरधनीसँगै अन्य इच्छुक व्यक्ति फर्म, कम्पनी तथा संगठित संस्थाहरूले आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११९ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आवेदकले जेठ २३ गतेसम्म आवेदन सक्ने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लिलामी शेयरको आवेदन जेठ २५ गते बिहान ११ बजे प्रभु क्यापिटल कमलादी काठमाडौंमा खोलिनेछ ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया