आइतबार, चैत १५, २०८२

सुनको भाउ घट्यो, यस्ताे छ बजारभाउ

मेरोन्यूज २०८० वैशाख १९ गते ११:२८

काठमाडौं । आज मंगलबार सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

त्यस्तै, तेजावी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले घटेर तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर तोलामा १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया