विद्यालय भर्नामा खोप कार्ड अनिवार्य

बैतडी । बालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ । पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो । जिल्ला खोप समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार नै विद्यालयमा बालबालिकालाई भर्ना खोप कार्ड अनिवार्य गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाले खोप लाए÷नलाएको जानकारी हुने भएकाले विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गर्न विद्यालयलाई आग्रह गरिएको छ । उनले भने,“खोप ऐन २०७२ मा विद्यालय भर्ना गर्न अनिवार्य खोप लगाएको हुनुपर्ने भनिएको छ । सोहिअनुसार जिल्ला खोप समन्वय समितिको बैठकले पनि गरेको निर्णय हो ।”
बालबालिका भर्ना हुँदा अनिवार्य खोप कार्ड हुनुपर्ने निर्णयअनुसार शिक्षा विकास तथा समन्वय इकाईले प्रत्येक पालिकाका शिक्षा शाखालाई परिपत्र र पालिकाको शिक्षा शाखाकाले पालिकाभित्रका रहेका विद्यालयलाई पत्राचार गरेको भट्टको भनाइ छ ।
राष्ट्रिय खोप तालिका अनुसार बालबालिकालाई विभिन्न रोगविरुद्ध निःशुल्क खोप दिने गरिएको छ । बालबालिकालाई विभिन्न १३ प्रकारका खोप दिइन्छ ।
हाल जिल्लामा विद्यार्थी भर्ना अभियान सञ्चालनमा रहेको छ । विद्यार्थी भर्ना अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुस्करराज शर्माले जानकारी दिए । बैतडीमा पाँच सय ६२ विद्यालय छन् ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया