विश्वमा युद्ध बढेसँगै बुद्धका सन्देश सार्न्दभिक : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्वमा बढ्दै गएको द्वन्द्वका कारण गौतम बुद्धका सन्देशहरु महत्वपूर्ण हुँदै गएको बताएका छन् ।
कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनलाई सम्मानित गर्ने विशेष कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले विश्वमा बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरु शान्ति स्थापनाका लागि अझ बढी सान्दर्भिक र महत्वपूर्ण भएको बताएका हुन् ।
‘गौतम बुद्धले देखाउनु भएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरु विश्वभर बढ्दो छन्,’ उनले भने, ‘विश्वभर बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक र महत्वपूर्ण भएका छन् ।’
नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखेका छौँ र भोगेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले द्वन्द्वले सामाजिक शान्ति र सद्भावमा पार्ने गहिरो क्षति अतुलनीनिय हुने भएकाले द्वन्द्वलाई शान्तिमा बदल्न तीव्र इच्छा र समर्पणको आवश्यकता पर्ने कुरामा पनि जोड दिए ।
समाजलाई द्वन्द्वबाट शान्तिमा रुपान्तरण गर्न, सामाजिक मेलमिलापका आधारहरु खडा गर्न बौद्ध धर्मले महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने उनको भनाइ छ ।
नेपाल आफ्नो शान्ति प्रक्रियाको अन्तिम चरणमा रहेको चर्चा गर्दै द्वन्द्वलाई परास्त पार्दै नेपाल शान्ति र समृद्धिको बाटोमा लम्केको अध्यक्ष तिमिल्सिनाले बताए । नेपाल गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण गन्तव्य हो ।
गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तराष्ट्रिय विमानस्थलको निर्माण पूरा भई सञ्चालनमा आइसकेकोले नेपाल र कम्बोडियाबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सके बौद्ध धर्मावलम्बीहरुको लुम्बिनी यात्रा भविष्यमा अझै सहज हुँदै जाने विश्वास पनि व्यक्त गरे ।











तीन शीर्ष नेतासँग पहिलोपटक संवादमा प्रधानमन्त्री कार्की
राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया