नाटक प्रदर्शन गरेर विद्यार्थीले मनाए प्रेस स्वतन्त्रता दिवस

काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेजमा नाटक प्रदर्शन गरेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । बुधबार कलेजको सभा हलमा आयोजित एक कार्यक्रमका बिच विद्यार्थीहरूले ‘स्वतन्त्रताको हुँकार’ नामक नाटक प्रदर्शन गरेका हुन् ।
सञ्चार अध्ययन केन्द्र (सिएससी)द्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नेपालमा प्रेस स्वतन्त्रताको अवस्थालाई झल्काउँदै नाटक प्रदर्शन गरेका हुन् । नाटकमा नेपालमा समकालिन राजनीतिक अवस्था र त्यसमा पत्रकारहरुमाथि हुने ज्यादती र हस्तक्षपबारे व्याङ्यात्मक देखाइएको थियो । सामाजिक सञ्जालमार्फत पनि आफ्ना धारणहरू अभिव्यक्त गर्न सकिने नाटकमार्फत देखाइएको थियो ।
त्यस्तै, नाटकले पत्रकारहरूले गर्दा समाज परिवर्तन हुने हुँदा, सञ्चारकर्मीले पनि सच्चिनु पर्ने सन्देश दिएको छ । छिटो समाचार दिने चटारो र प्रशंसा कमाउने लोभमा गलत सूचना प्रवाह गर्नु पत्रकारहरुको कमजोरी रहेको नाटकमार्फत व्यङ्ग्यात्मक रुपमा देखाइएको छ ।

उक्त नाटक विद्यार्थी दृष्टि श्रेष्ठले रचना गरेकी थिइन् भने नाटकलाई विद्यार्थी इसान पौडेल र दया दुदराजले निर्देशन गरेको सञ्चार अध्ययन केन्द्रका सदस्य निराजन खड्काले जानकारी दिए । सदस्य खड्काका अनुसार नाटकको पात्रहरूमा आस्मा सेञ्चुरी, क्रितिका सुवेदी, निरज देवकोटा, रामकृष्ण भट्ट, ईश्वर गौतम थिए ।
नाटकको कथाकारको भूमिका प्रकृति थापाले निर्वाह गरेकी थिइन् । विद्यार्थीहरू माझ प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताबारे प्रस्ट पार्नको सो नाटक देखाइएको सदस्य खड्काले बताए ।
कार्यक्रममा विद्यालयका क्याम्पस प्रमुख रमेश चन्द्र पौडेल, सहायक क्याम्पस प्रमुख, कमल न्यौपाने, स्कुल आफ लिबरल आट्सका प्रमुख रघु मैनाली, पत्रकारिताका शिक्षक रविराज बरालको उपस्थित थिए । कार्यक्रममा २०० जना विद्यार्थीहरुको उपस्थित रहेको र उक्त कार्यक्रम सिएससीका सदस्य युवराज खत्रीले सञ्चालन गरेको सिएससीका सदस्य खड्काले बताए ।
सञ्चार अध्ययन केन्द्र मदन भण्डारी मेमोरियल कलेज अन्तर्गतको एक विद्यार्थी समूह हो । यसले पत्रकारितासँग सम्बन्धित विभिन्न प्रयोगात्मक गतिविधिहरू गराउँदै आएको छ ।


















विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
प्रतिक्रिया