सात जना सचिवहरू सरुवा, प्रहरी हिरासतमा पुगेका पाण्डे अतिरिक्तमा

काठमाडौँ । सरकारले सात जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले उनीहरूको सरुवा गरेको हो ।
सरुवा भएकामध्ये अर्थ सचिवमा अर्जुन पोखरेललाई सरुवा गरिएको छ । बजेट निर्माणका क्रममा उनको सरुवा भएको हो ।
अर्थका सचिव तोयम रायलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ । अर्थमन्त्री विष्णु पौडेलले रायलाई अर्थमा ल्याएका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सरुवा गरेर कामै नदिई राखिएका सचिव बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका छन् । यसअघि उनलाई सोही कार्यालयमा पाँच सातादेखि कार्म नदिई राखिएको थियो
राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी राष्ट्रपति कार्यालयमा थिए ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने तयारी गरेको आरोप लागेर बुधबार पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अतिरिक्त समूहमा परेका छन् ।
प्रधानमन्त्री कार्यालयका सुमन अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । महिला मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई राष्ट्रपतिको कार्यालय लगिएको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया