कांग्रेसमा शेखर-गगन समूहको हिस्सा २० प्रतिशत !

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा पार्टीका तर्फबाट मन्त्रीहरू सिफारिस गर्दा आफू इतरको समूहको हिस्सा २० प्रतिशतमा सीमित गरिदिएका छन् ।
पार्टीको १४ औं महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिष्पर्धा गरेका डा. शेखर कोइराला समूहले ४० प्रतिशत मत पाएको थियो । १४ औँ महाधिवेशननमा प्यानलसहित प्रतिष्पर्धा गरेकोको कोइराला समूहबाट दुई उपसभापतिमध्य एक (धनराज गुरुङ) दुई महामन्त्रीमध्य एक (गगन थापा) र ८ सहमहामन्त्रीमध्य दुई (बद्री पाण्डे र जीवन परियार)सहित ४० प्रतिशत मत पाएको थियो ।
तर गठबन्धन सरकारमा पार्टीको भागमा परेका ८ मन्त्री सिफारिस गर्दा सभापति देउवाले कोइरालाको हिस्सा २० प्रतिशतमा झारिदिएका छन् । देउवाले पार्टीभित्रको आफ्नो समूहबाट ६ र कोइराला समूहबाट दुई नेतालाई मात्र मन्त्री बनाएका छन् ।
देउवा समूहबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति, एनपी साउद परराष्ट्र, सीता गुरुङ सहरी विकासमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत भएका छन् । कोइराला समूहबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू मन्त्री भएका छन् ।
यसले कोइराला समूहमा असन्तुष्टि बढाएको छ । नेता कोइराला र महामन्त्री गगन थापाबीच असन्तुष्टि चुलिएको निकटस्थहरू बताउँछन् । विशेगषगरी महामन्त्री थापा मन्त्री सिफारिसमा असन्तुष्ट देखिएको नेताहरू बताउँछन् ।
थापाले सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे वा प्रदीप पौडेलमध्ये एक जनालाई मन्त्री बनाउन अडान लिएका थिए तर कोही पनि परेनन् ।
सभापति देउवाले मन्त्री चयन गर्नेबारे मंगलबार नेता कोइरालासँग छलफल गरेका थिए । कोइराला देउवासँगको छलफलपछि मंगलबार नै उपचारका लागि सिंगापुर उडेका थिए । देउवाले बुधबार थपेका मन्त्रीका विषयमा कोइरालाको सहमति वा विमतिबारे कोइराला समूहका नेताहरू अनविज्ञ देखिन्छन् ।
सत्तारुढ दलहरुबीच भएको भागवण्डामा ८ मन्त्रालय लिएका देउवाले सुरुदेखि दुई मन्त्री शेखर गगन समूहलाई छुट्याएका थिए । त्यसअनुसार १७ चैतको बिहान दुई जनाको नाम पनि मागेका थिए । त्यो दिन नै धनराज र डिगबहादुरको नाम टुंगिसकेको थियो । तर कम्तीमा तीन मन्त्री पाउनुपर्ने भन्दै नाम नै दिएका थिएनन् ।
अहिले आएर दुई मन्त्री परेपछि समूहको नेता भएर पनि तीन मन्त्री पाउनुपर्ने अडानमा नेता कोइराला अडिन नसकेको गुनासो समूहभित्र बढेको छ ।










नेपाली कम्युनिष्ट पार्टीले यहि मङ्सिर १२ गते देखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्ने
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
बालविवाहलाई घटाउन टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम
जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
प्रतिक्रिया