कांग्रेसमा देउवाबाट पेलिए महामन्त्रीद्वय थापा र शर्मा
आठ मन्त्री बनाउँदा मधेशी, दलित, थारू, मुस्लिम, पिछडिएको क्षेत्र समेटिएन

काठमाडौँ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गरेका छन् ।
पार्टीका तर्फबाट गठबन्धन सरकारमा मन्त्री सिफारिस गर्दा देउवाले इतर समूहका नेता डा. शेखर कोइरालालाई केही भाग दिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पूरे बाइपास गरेका छन् ।
देउवाले ८ मन्त्री सिफारिस गर्दा पार्टीमा सभापति पछिको शक्तिशाली पद महामन्त्रीद्वयले दिएको सुझाव पूरै लत्याए । त्यसले पार्टीमा असन्तुष्टि बढाएको छ ।
थापा र शर्माले १० बैशाखमा भएको उपनिर्वाचनको हारले नेता–कार्यकर्तामा पारेको मनोवैज्ञानिक असरमा मलमपट्टी लगाउनु पर्ने बताइरहँदा देउवाले भने आफ्नो पुरानै कार्यशैलीलाई निरन्तरता दिएका छन् ।
उनीहरूले पार्टीमा आशाको सञ्चार छर्न दलितबाट सहमहामन्त्री जीवन परियार, पिछडिएको क्षेत्रबाट सहमहामन्त्री बद्री पाण्डे र राजधानीबाट प्रतिनिधित्व गर्ने प्रदीप पौडेलमध्येबाट मन्त्री बननाउन सुझाएका थिए । यसले जनअपेक्षा, समावेशी र आन्तरिक शक्ति सन्तुलन मिल्ने उनीहरूको सुझाव थियो । तर, देउवाले उनीहरूको सुझावलाई पूरै लत्याएर महामन्त्रीद्वयले दिएको सुझाव बाहेककालाई मन्त्रीमा सिफारिस गरे ।
देउवाको सिफारिसको महामन्त्रीद्वय थापा र शर्माले बिहीबार बसेको पदाधिकारी बैठकमा विरोध गरेका छन् । मन्त्रीहरूको सिफारिसमा न्याय गर्न नसकेको तथा समावेशी सिद्धान्त र जनमतलाई उपेक्षा गरेको आरोप उनीहरूको छ ।
थापा र शर्माले देउवाले बारम्बार गरेका गल्तीको भारी आफूहरूले बोक्ने नसक्ने पनि धम्की दिएका छन् ।
नेविसंघ, तरुण दल, महिला संघ बनाउँदा, केन्द्रीय समितिलाई पूर्णता दिँदा, राष्ट्रिय सभामा उम्मेदवार बनाउँदा एकलौटी गरेको आरोप उनीहरूको छ ।
देउवाले ८ मन्त्री सिफारिस गर्दा मधेशी, दलित, थारू, मुस्लिम, पिछडिएको क्षेत्रबाट गरेनन् । देउवाले सिफारिस गरेका ८ मन्त्रीमध्ये ५ खस आर्य र ३ जनजाति छन् । कांग्रेसबाट मन्त्री भएका धनराज गुरुङ, डिकबहादुर लिम्बू र सिता गुरुङ जनजाती हुन् । बाँकी पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश रिजाल र मोहनबहादुर बस्नेत खस आर्यतर्फका हुन् ।
थापा र शर्माले सबै मिलाएर मन्त्री बनाउँदा राम्रो सन्देश जाने देउवालाई सुझाएका थिए ।
त्यतिमात्र होइन, देउवाले ८ मन्त्री बनाउँदा २ मन्त्रीमात्रै संस्थापन इतरलाई दिएर २० प्रतिशतमा खुम्च्याइदिएका छन् ।
कांग्रेसका मन्त्रीमध्ये धनराज गुरुङ र डिकबहादुर लिम्बू मात्रै संस्थापनइतरका हुन् ।
देउवाले नयाँलाई मन्त्री बनाउन पनि अनिच्छा देखाए । त्यसमा पनि महामन्त्रीद्वय थापा र शर्मा मात्रै होइन संस्थापनकै नेताहरू असन्तुष्ट देखिएका छन् ।
देउवाले सिफारिस गरेकामध्य संस्थापनमा रमेश रिजाल मात्र नयाँ हुन् । इतर समूहका गुरुङ र लिम्बू दुवै पहिलो पटक मन्त्री बनेका हुन् ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया