सोमबार, माघ १९, २०८२

संखुवासभामा हेलिकप्टर दुर्घटना

मेरोन्यूज २०८० वैशाख २२ गते १३:४०


काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटना भएको छ ।

अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताए ।

हेलिकप्टरमा चालकसहित ४ जना रहेको बताइए पनि औपचारिक विवरण आउन बाँकी छ ।

प्रतिक्रिया