नागरिक उड्डयन प्राधिकरणले लगायो सिम्रिकका सबै उडानमा रोक
मेरोन्यूज
२०८० वैशाख २२ गते २१:४१

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सम्पूर्ण उडानमा रोक लगाएको छ । शुक्रबार संखुवासभामा सिम्रिक एयरको हेलिकप्ट दुर्घटनामा परेपछि प्राधिकरणले सिम्रिकका सबै उडानमा रोक लगाएको हो ।
अब सिम्रिकले सबै विमानहरूको विस्तृत रूपमा निरीक्षण गर्नुपर्ने प्राधिकरणले जनाएको छ । साथै सिम्रिकले उडान सञ्चालन, वायुयोग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखापरीक्षण गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।
शुक्रबार दिउँसो अरूण तेस्रो जलविद्युत आयोजनाको सामग्री बोकेर गएको सिम्रिक एयरको ९एन–एजेजेट हेलिकप्टर संखुवासभाको भोटेखोला गाउँपालिका–४ सिप्रुङमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी एक जनाको निधन भएको छ ।
हेलिकप्टरमा चालक सुरेन्द्र पौडेलसहित पाँचजना सवार थिए । चालक पौडेलसहित अन्य तीनजना घाइते भएका छन् ।
उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ ।
सम्बन्धित















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया