मंगलबार, वैशाख २२, २०८३

अनुमति बिना साउदी भ्रमण गएकाेमा मेस्सीले मागे माफी

मेरोन्यूज २०८० वैशाख २३ गते ८:४९

काठमाडौं । लियोनेल मेस्सीले क्लबको अनुमति विना साउदी अरबको भ्रमण गएकोमा माफी मागेका छन् ।

Advertisement
NiccNicc

पेरिस सेन्ट जर्मेन (पीएसजी)को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफनो गल्ती स्वीकार गर्दै माफी मागेका हुन् । उक्त भ्रमणका लागि अर्जेन्टिनाका कप्तानलाई क्लबले दुई साताका लागि निलम्बन गरेको छ ।

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र क्लबले के निर्णय गर्छ त्यो हेर्न म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक सोचेँ कि हामीले खेल पछिको दिन बिदा लिनेछौँ, जुन अघिल्लो हप्ताहरूमा भएको थियो। मैले साउदी अरबको योभन्दा अघिल्लो यात्रा रद्द गरेको थिएँ। यस पटक मैले रद्द गर्न सकिनँ।’

३५ वर्षीया मेस्सी साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिकामा छन् ।

पीएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । उनी सो सम्झौता अनुसार अब तीनवटा मात्रै खेल खेल्न पाउने छन् ।

प्रतिक्रिया