अमेरिकामा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु
मेरोन्यूज
२०८० वैशाख २३ गते १०:२६

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ ।
रक्डेल सिटीनजिकै ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमीला सुवेदीको निधन भएको हो । उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन् ।
रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्याएर फर्किने क्रममा प्रमीलाले आफैले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते ४७ वर्षीय सुवेदीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
दुई दशकदेखि सुवेदी दम्पती अमेरिकाको टेक्सासमा बस्दै आएका थिए।
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया