सोमबार, माघ १९, २०८२

नक्कली शरणार्थी प्रकरणः केपी ओलीसँग भेटेपछि प्रचण्डले बोलाए गठबन्धन बैठक

शरणार्थी प्रकरणमा हाइ प्रोफाइल नेतामाथि अनुसन्धान भएपछि ओलीले चासो दिँदै आएका छन्

मेरोन्यूज २०८० वैशाख २३ गते १४:४०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको बैठक आह्वान गरेका छन् ।

शनिबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका हाइ प्रोफाइल नेताहरूको अनुसन्धानका विषयमा अध्यक्ष ओलीले चासो दिँदै आएका छन् ।

सिहंदरबारमा आज (शनिबार) उनीहरुबीच दुई घण्टा लामो छलफल भएको थियो ।उनीहरूको भेटसँगै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक आह्वान गरेका हुन् ।

प्रतिक्रिया