सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहर फाल्न नदिने

काठमाडौँ । काठमाडौँ महानगरसहित १८ वटा पालिकाहरूको फोहर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडामा पुनः अवरोध हुने भएको छ । फोहर व्यवस्थापनका लागि फोहरको संकलन, प्रशोधन र व्यवस्थित रुपमा विसर्जन गर्ने माग राख्दै पुनः अवरोध गर्ने चेतावनी दिएको हो ।
उक्त क्षेत्रमा पर्ने धादिङ र नुवाकोटका धुनीबेँसी र बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिकाका प्रमुखहरूले तीन बुँदे माग राख्दै फोहर व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका हुन् । उनीहरूले फोहरको लिच्चड अव्यवस्थित रुपमा खोलामा मिसाएकाले वरिपरी दुर्घन्धित हुनुको साथै मानिस बसोबास गर्न सक्ने अवस्था नभएको स्पष्ट पारेका छन् ।

तीन पालिका प्रमुखहरूले संघीय राज्य र काठमाडौँ महानगरले गैरजिम्मेवार काम गरेको भन्दै टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । उनीहरूले वैज्ञानिक ढंगबाट फोहर व्यवस्थापन, प्रभावित नागरिकको उचित व्यवस्थापन र यसअघिका सम्झौता पूर्ण कार्यान्वयन माग राखेका छन् ।

















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया