आईपीएलमा दिल्लीसँग बैंगलोरलाई ७ विकेटले पराजित
मेरोन्यूज
२०८० वैशाख २४ गते ६:३४

काठमाडौं । इण्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससंग रोयल च्यालेन्जर्स बैंगलोर ७ विकेटले पराजित भएको छ
। गयराति राति भएको दोस्रो खेलमा दिल्लीले १८२ रनको विजय लक्ष्य १६.४ ओभरमा ३ विकेट गुमाएर भेटाइ बैंगलोरलाई पराजित गरेको हो ।
दिल्लीका लागि कप्तान डेभिड वार्नरले २२, र फिल साल्टले ४५ बलमा ८ चौका र ६ छक्काको मद्दतमा उनले ८७, रन बनाए ।
बलिङमा जोस हेजलउड, वानिन्दु हर्सरंगा र हर्सल पटेलले एक, एक विकेट लिए ।
पहिला दिल्लीको अरुण जेटली स्टेडियममा टस जितेर ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । बैंगलोरका लागि विराट कोहलीले ५५, कप्तान फाफ डुप्लेसीले ४५ महिपाल लोमरोरले ५४ रन बनाए ।
बलिङतर्फमा मिचेल मार्शले २ तथा खलेल अहमत र मुकेश कुमारले एक, एक विकेट लिए ।
सम्बन्धित









मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सुदूरपश्चिमविरूद्ध पहिला ब्याटिङ गर्दै जनकपुर
प्रतिक्रिया