प्रतिनिधि सभा सदस्यहरूको अब ई-हाजिरी हुने

काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरूका लागि अब इ–हाजीरीको व्यवस्था गरिएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था समितिले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो ।
यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्को वेबसाइटमार्फत सोही दिन सार्वजनिक गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थित र अनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्ने समस्या देखिएपछि ई–हाजिरीको व्यवस्था गरिएको हो । विद्युतीय हाजिरीपछि कोरम नपुग्ने समस्या हट्ने सभामुख घिमिरेले बताए ।
‘ई–हाजिरीको बारेमा राष्ट्रिय सभाको सिकाइ र अनुभव पनि लिएर अझै प्रभावकारी बनाउँ,’ कार्यव्यवस्था बैठकमा सभामुखले भने, ‘सदनमा माननीयहरूको उपस्थिति कमजोर छ । सांसद तलबभत्ता खान आए भन्ने आम बुझाइ छ । यो हाम्रो लागि राम्रो होइन । सबै दल र माननीयहरूको ध्यानाकर्षण गराउँछु ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया