प्रतिनिधि सभा सदस्यहरूको अब ई-हाजिरी हुने

काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरूका लागि अब इ–हाजीरीको व्यवस्था गरिएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था समितिले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो ।
यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्को वेबसाइटमार्फत सोही दिन सार्वजनिक गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थित र अनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्ने समस्या देखिएपछि ई–हाजिरीको व्यवस्था गरिएको हो । विद्युतीय हाजिरीपछि कोरम नपुग्ने समस्या हट्ने सभामुख घिमिरेले बताए ।
‘ई–हाजिरीको बारेमा राष्ट्रिय सभाको सिकाइ र अनुभव पनि लिएर अझै प्रभावकारी बनाउँ,’ कार्यव्यवस्था बैठकमा सभामुखले भने, ‘सदनमा माननीयहरूको उपस्थिति कमजोर छ । सांसद तलबभत्ता खान आए भन्ने आम बुझाइ छ । यो हाम्रो लागि राम्रो होइन । सबै दल र माननीयहरूको ध्यानाकर्षण गराउँछु ।
















बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया