आइपिएलमा आफ्नै टिम हाँकिरहेका बलिउड कलाकार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) भारतमा हुने लोकप्रिय क्रिकेट प्रतियोगिता हो। विश्वभरमा करोडौं संख्याले याे प्रतियोगिता हेर्छन्। भारतीय क्रिकेटको उदयमा आईपीएलले ठूलो भूमिका खेलेको छ । आईपीएलमा विश्वका चर्चित व्यक्तित्वहरूले किनेका टिमहरू सञ्चालित छन्। साथै कयाैं वलिउडका कलाकारकाे पनि आईपीएल टिममा हिस्सेदारी छ ।
यी हुन् वलिउड कलाकारका आईपीएल टिमः
कोलकाता नाइट राइडर्स
कोलकाता नाइट राइडर्सको आईपीएल टोली अभिनेता शाहरुख खानको कम्पनी रेड चिलीज इन्टरटेनमेन्ट र जुही चावलाका पति जय मेहताको मेहता समूहको स्वामित्वमा छ। टोलीको अधिकांश सेयर रेड चिलीज इन्टरटेनमेन्टसँग छ ।
बलिउड कलाकारहरूसँग सम्बन्धित भएकाले पनि यो टिम निकै लोकप्रिय छ। यसका मालिक शाहरुख र जुही भएतापनि टिम व्यवस्थापनको अधिकांश काम रेड चिलीजका एमडी र सीईओ भेन्की मैसुरले गर्छन्।
राजस्थान रोयल्स
शेन वार्नको नेतृत्वमा रहेको राजस्थान रोयल्सले पनि आईपीएलको चर्चित टिम हाे ।
राजस्थान रोयल्सको टिममा इमर्जिङ मिडिया प्रालिका मालिक मनोज बडेलको ६५ प्रतिशत हिस्सेदारी छ। त्यस्तै १५ प्रतिशत रेडबर्ड क्यापिटल पार्टनर्स र १३ प्रतिशत लाचलान मर्डोकको स्वामित्वमा छ। केही समय अघिसम्म बलिउड अभिनेत्री शिल्पा शेट्टी पनि टिममा परेकी थिइन् ।
पञ्जाब किंग्स
पञ्जाबको प्रतिनिधित्व गर्ने पञ्जाब किंग्स टिममा पनि वलिउडकी चर्चित अभिनेत्री मालिकका रूपमा छिन्। टिममा अभिनेत्री प्रीति जिन्टा, एलिफ्यान्ट क्यापिटल पीएलसीका एमडी मोहित बर्मन, वाडिया समूहका नेस वाडिया र एपीजे सुरेन्द्र समूहका करण पलको स्वामित्व छ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया