महिलासँग हात नमिलाएपछि ट्रोल भइन् करिना कपुर

काठमाडौं । वलिउड अभिनेत्री करिना कपुर आफ्नो लुक्स र अभिनयका कारण चर्चामा रहने गर्छिन् । सामाजिक सञ्जालमा करिनाका नयाँ नयाँ भिडियो भाइरल भइरहेका छन् । यसैबीच उनको एक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक भिडियोमा उनी आफ्ना पति सैफ अलि खानसँग देखिएकी छिन् । उनी हिडिरहेका बेला एक महिला फ्यान करीनासँग हात मिलाउन अघि बढ्छिन। तर अभिनेत्रीका गार्डले महिलालाई रोकिदिन्छन् र करिना पनि केहि नबोली हिड्छिन् । यो भिडियो सार्वजनिक हुनासाथ करिना तिब्र रुपमा ट्रोल भइरहेकी छन्।
प्रयोगकर्ता आक्रोशित हुँदै उनलाइ गाली दिईरहेका छन् । भिडियोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘उनी एक पटक मात्र हात छुन चाहन्थिन्, मायाले बुझाउन पनि त सकिन्थ्यो।’ यस्तै अर्का लेख्छन्, ‘आजभोलीका अभिनेत्रीमा एटिट्युड निकै बढेको छ ।’
करिना आफ्नो पछिल्लो फिल्म लाल सिंह चड्ढामा आमिर खानसँग देखिएकी थिइन्। त्यसयता उनका फ्यान उनको अर्को फिल्मको प्रतिक्षामा छन् ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया