आइतबार, चैत १५, २०८२

आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्म काण्डी मात्रै : केपी ओली

मेरोन्यूज २०८० वैशाख २४ गते २०:४४

काठमाडौँ । नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले ल्याएको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्म काण्डी भएको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको शिखर सम्मेलन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अ‍ोलीले गठबन्धन सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्म काण्डी भएको आरोप लगाएका हुन् ।

उनले चालु आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर घोषणा गरे पनि २ प्रतिशत पनि नहुने अवस्था आउनुको जवाफ जनतालाई दिनु पर्ने बताए । उनले गठबन्धन सरकारले चालु आर्थिक वर्षमा २ प्रतिशतमा झर्नुको जवाफ जनतालाई नदिएर गठबन्धन सरकार जनताप्रति जवाफदेही नबनेको आरोप लगाए ।

अध्यक्ष ओलीले आर्थिक वृद्धिदरको लक्ष्य पूरा नगर्ने गठबन्धन सरकारको नेतृत्वमा रहिरहनु उचित नरहेको जिकिर गरे । उनले आफैँले लिएको लक्ष्य पूरा गर्न नसक्ने सरकारको आयव्ययको अनुमान विश्वास योग्य नरहेको बताए ।

अध्यक्ष ओलीले वर्तमान सरकारले अर्थतन्त्र चलायमान बनाउन र चुनौतिको सामना गर्न नसक्ने दाबी गरे ।

प्रतिक्रिया