काठमाडौँ महानगरले सुरु गर्यो अव्यवस्थित तार हटाउन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार व्यवस्थित बनाउन सुरु गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तारलाई व्यवस्थित बनाउन सुरु गरेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु र काठमाडौं महानगरपालिका बीच आइतबार भएको छलफलमा सोमबारदेखि महानगर क्षेत्रका अव्यवस्थित तारलाई व्यवस्थित बनाउन भएको सहमति अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रका सडक किनारका पोलहरुमा गुजुल्टो परेका, चुँडिएका तथा लत्रिएका तारलाई हटाउने र व्यवस्थित ढंगले टाँग्ने काम सुरु भएको काठमाडौं महानगरका प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए ।
अव्यवस्थित तारले शहरी सुन्दरतामा ह्रास आएपछि र दुर्घटनाको जोखिम बढेपछि महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिंदै २७ वैशाखभित्र अव्यवस्थित तार हटाउन भनेको थियो ।
प्राधिकरणले तार व्यवस्थित बनाउन लागि रुट प्लान सार्वजनिक गरेको छ । माइतीघरदेखि एयरपोर्ट, त्रिपुरेश्वरदेखि महाराजगञ्ज, न्युरोड–बसन्तपुर हुँदै असन, माइतीघर–पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली–नारायणहिटी–कमलादी हुँदै रानीपोखरीको रुट निर्धारण गरिएको प्राधिकरणले जनाएको छ ।
डिल्लीबजार–अनामनगर हुँदै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वर, नक्शाल–बालुवाटार हुँदै शीतलनिवास, माइतीघर–त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर–अस्कल–रानीबारी हुँदै सामाखुसी, सोह्रखुट्टे–ढल्को–ताहचाल हुँदै स्वयंभु, सिनामंगल–पुरानोबानेश्वर हुँदै गौशाला, गौशाला–बौद्धनाथ र कालिमाटी–कुलेश्वर हुँदै बल्खुको रुट प्लान पनि बनाइएको छ ।
















बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया