सोमबार, चैत ३०, २०८२

आलिया भन्छिन्- रणवीरको शान्त स्वभाव देखेर ईर्ष्या लाग्छ

मेरोन्यूज २०८० वैशाख २५ गते १७:१०

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टले हालै आफ्नो स्वभावको बारेमा खुलासा गरेकी छिन् । उनले आफू रिसाएको बेला पति रणवीर कपुरले शान्त रहन सल्लाह दिने बताएकी छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

भाइस इन्डियालाई दिएको एक अन्तर्वार्तामा आलियालाई सोधिएको थियो कि रणवीरको के कुरामा उनी ईर्ष्या गर्छिन् ? यसमा जवाफ दिँदै उनले भनिन्– ‘रणवीर एक शान्त स्वभावको व्यक्ति हुन् । उनको मन र दिमाग सन्तको जस्तो छ र म उनको यो गुणप्रति ईर्ष्या गर्छु ।’

आलियाले आफु रिसाएको बेला चर्को स्वरमा बोल्ने गरेको बताइन् । उनले रणवीरलाई यो कुरा पटक्कै मन नपर्ने पनि बताइन् । यस्तो बेला पति रणवीरले आफुलाई शान्त हुन सल्लाह दिने र आफैले पनि रिसलाई नियन्त्रण गर्ने प्रयास गर्ने गरेको आलीयाले बताइन् ।

करियरमा लगातार सफलता हासिल गरिरहेकी आलीयाले गंगुबाई काठियावाडी फिल्ममा काम गर्न पाएकोमा अत्यन्तै खुसी रहेको बताइन् । उनले भनिन् ‘गंगुबाई काठियावाडीले बक्स अफिसमा व्यावसायिक सफलता पाएको थियो, जसले मलाई साँच्चै खुसी बनाएको छ। यो साँच्चै गर्वको क्षण थियो। यो मेरो सपना फिल्म निर्माता सञ्जय लीला भन्साली संग पहिलो परियोजना थियो। म साँच्चै खुसी छु कि मैले उहाँसंग काम गर्ने मौका पाएँ ।’

प्रतिक्रिया