‘द केरला स्टोरी’लाई पश्चिम बंगालमा प्रतिबन्ध, उत्तरप्रदेशमा भने कर छुट
मेरोन्यूज
२०८० वैशाख २६ गते १५:१०

काठमाडौं । चलचित्र ‘दि केरला स्टोरी’लाई उत्तर प्रदेशमा करमुक्त गरिएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मंगलबार यो बहुचर्चित फिल्मलाई कर छुटको घोषणा गरेका हुन् । तर पश्चिम बंगालले फिल्मलाई प्रतिबन्ध लगाएको छ।
फिल्मले हिन्दू र मुसलमानबीच साम्प्रदायिक सद्भाव भड्काउन सक्ने भन्दै पश्चिम बंगालले प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
फिल्ममा हिन्दु युवतीलाई मुस्लिम धर्मान्तरण गरेर इस्लामिक स्टेट अफ इराक र सिरिया (आईएसआईएस) जस्ता आतंकवादी संगठनमा कसरी भर्ना गरिएको छ भन्ने कथा देखाइएको छ।
फिल्मले चार दिनमा ४५.७२ करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया