ध्यान गर्न नेपाल आएका आमिर बीचमै छाडेर फर्किए
मेरोन्यूज
२०८० वैशाख २९ गते १५:५७

काठमाडौं । विपश्यना ध्यानका लागि नेपाल आएका बलिउड अभिनेता आमिर खान स्वदेश फर्किएका छन् । गत आइतबार नेपाल आएका उनी शुक्रबार बिहान करिब ११ बजे भारत प्रस्थान गरेका हुन् ।
उनी बुढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिन नेपाल आएका थिए । दश दिनको ध्यान बीचमै छाडेर आमिर स्वदेश फर्किएका हुन् ।
उनी ध्यान अवधि पूरा नगरी स्वदेश फर्किएको कारण भने खलेको छैन् । ध्यान बीचमै छाडेर स्वदेश फर्किनु उनकाे पारिवारिक कारण हुनसक्ने बताइएकाे छ। विपश्यना केन्द्रको सबै नियमहरु पालना गरेर आमिर चार दिनसम्म ध्यान शिविरमा बसेका थिए ।
आमिरको पछिल्लो फिल्म ‘लाल सिंह चढ्ढा’ असफल भएपछि उनकाे जीवनमा उतार-चढाव आएकाे छ । त्यस्यता उनले कुनै फिल्ममा काम गरेका छैनन् ।
सम्बन्धित


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया