देशभरका खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइने

काठमाण्डौ । बृहत् खोप अभियान अन्तर्गत देशभर छुटेका बालबालिकालाई आज खोप लगाइँदैछ । खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशैभरिका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्र लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई दिइन लागेको हो ।
जन्मने बित्तिकै लगाउने बीसीजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पीसीभी, डीपीटी र हेप बी हिब, १० हप्ताभित्र लगाउने रोटा, पोलियो, पीसीभी, डीपीटी र हेप बी हिब, १४ हप्ताभित्र लगाउनु पर्ने पोलियो, एफएईपीभी, हेप बी हिब, ९ महिनाभित्र लगाउनु पर्ने, एफ आई, पीभी, पीसीभी, दादुरा रुबेला र १५ महिनाभित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाइफाइड जस्ता खोप दिइनेछ । यसअघि गएको वैशाख १५ गते छुट खोप दिइएको थियो ।
छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन नै गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप छुटेको भए लगाउन अभिभावकलाई अनुरोध गरेका छन् ।
खोपले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मदेखि पाँच वर्षसम्मको उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धका खोप दिने गरिन्छ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
प्रतिक्रिया